back to top
Friday, July 26, 2024
HomeDownloadsNepal Health documentsPriority of first aid treatment

Priority of first aid treatment

योगदान राष्ट्रको लागि
प्राथमिक उपचारका सिद्धान्तहरू
Priority of first aid treatment
Please follow the steps below 👇

1. सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।

2. भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।

3. सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।

4. यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।

5. घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।

6. घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।

7. घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रूपमा चलाईरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।

8. घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।

9. गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू

घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अङ्ग्रेजीको ABCD लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।

1. D- Danger (खतरा बाट हटाउनुहोस्)

2. A–Airway (श्वासनली)

3. B–Breathing (श्वासप्रश्वास)

4. C–Circulation (रक्तसञ्चार)

5. D–Defrelatior AED (सक मेशिन)

# घाइतेको अवस्था झन बिग्रन नदिने

# घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने

# तुरुन्त निकोपार्ने

# घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने

# बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने

प्राथमिक उपचार विधिहरू

अवस्थाको अवलोकन

आँखाले हेर्ने

–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने

–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने

–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने

छोएर जाँच गर्ने

– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

1. चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।

2. आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।

3. आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ ।

4. घाइतेको सुरक्षा गर्नुपर्छ

5. घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने

6. घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने ।

उदेश्यः प्राथमिक उपचारका मूख्य तीन उद्देश्यहरु निम्नानुसार छन् ः

१. जीवन बचाउनु,

२. अवस्था झन्–झन् बिग्रन नदिनु

३. अवस्थामा सुधार ल्याउनु

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read