नवजात शिशुमा खतराका चिन्हहरू :
– छिटो छिटो सास (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)
– कडा कोखा हानेमा
– सुस्त वा बेहोस् वा कम चलाइ भएमा
– आमाको दूध राम्ररी चुस्न नसकेमा
– शीताङ· अथवा हात र खुट्टा छाम्दा चिसो भएमा
–ज्वरो आएमा
– नाइटो पाकेको वा छालामा पीप भरिएका फोकाहरू भएमा
– तारन्तार उल्टी भएमा
माथी उल्लेखित कुनैपनि एक चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छ।