(एमडी/एमएस) पढेर फर्किएका डाक्टरहरूको प्रमाणपत्रमाथि छानबिन शुरू

IMG 20200115 074814
फिलिपिन्सको ‘डाक्टरी डिग्री’ छानबिनमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पाठ्यक्रम विकास केन्द्रले फिलिपिन्सबाट चिकित्सा शास्त्रको विशेषज्ञ तह (एमडी/एमएस) पढेर फर्किएका डाक्टरहरूको प्रमाणपत्रमाथि छानबिन शुरू गरेको छ ।
(एमडी/एमएस) पढेर फर्किएका डाक्टरहरूको प्रमाणपत्रमाथि छानबिन शुरू

केन्द्रका कार्यकारी निर्देशक डा.पारस यादवका अनुसार अस्पताल (मेडिकल सेन्टर) मा अध्ययन गरेका डाक्टरहरूको क्षमतामा प्रश्न उठेकाले शैक्षिक डिग्रीलाई मान्यता दिने क्रम तत्कालका लागि रोकेर छानबिन गर्नुपरेको हो ।

“त्यहाँका विश्वविद्यालयले ट्रान्सक्रिप्ट जारी गरेको नदेखिएकाले डिग्रीको मान्यता नदिएका हौं”, उनी भन्छन् । केन्द्रले फिलिपिन्सका अस्पतालबाट नेपाली डाक्टरहरूले ल्याउने विशेषज्ञ तहको प्रमाणपत्रलाई मान्यता दिने क्रम २०७४ सालदेखि नै रोकेको छ ।

फिलिपिन्सका अस्पतालहरूले सञ्चालन गरेको तालिम कार्यक्रमलाई ‘पोस्ट–ग्राजुयट रेजिडेन्सी ट्रेनिङ’ भनिन्छ । त्यहाँका अस्पतालहरूले नेपाली एमबीबीएस डाक्टरहरूका लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिरहेका छन्, जस अन्तर्गत तीन वर्षसम्म तालिम र कामको मौका दिइन्छ ।

तर, यस्तो तालिम कार्यक्रमलाई फिलिपिन्सका विश्वविद्यालयले मान्यता दिएका छैनन् । अस्पतालहरूले स्वास्थ्य सेवा विभागबाट अनुमति लिएर कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले १९ भदौ २०७६ मा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर त्यस्ता अस्पतालबाट जारी गरिने एमडी/एमएस शैक्षिक प्रमाणपत्रको आधिकारिकताबारे फिलिपिन्स सरकारबाट जानकारी लिन अनुरोध गरेको थियो । मन्त्रालयले ३ कात्तिकमा मलेशियाको क्वालालम्पुरस्थित नेपाली दूतावासलाई त्यसबारे फिलिपिन्स सरकारको धारणा मागेको थियो ।

Leave a Reply