Doctor & patient joke |nepali joke

बिरामी :- डाक्टरसा’प, जब म निन्द्रामा हुन्छु, सपनामा बाँदरहरु फुटबल खेल्छ्न |
डाक्टर:- आत्तिनु पर्दैन, यो औसधि सुत्नुअघि खानु |
बिरामी:- भोली देखि खानुपर्ला, आज त झन फाइनल छ !!
================================
एक पटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने बिचारले गएछ
डाक्टर : के समस्या छ?
मान्छे, :- डाक्टरसा’ब, हेर्नु न, मलाई केही नखाने भने भोक लाग्छ, नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम गरे भने थकाइ लाग्छ
डाक्टर :- त्यसोभए रात भरी घाममा बस्ने गर्नुस, निको हुन्छ…
===========================
बिरामी :- डाक्टरसा’प् म बिहान ६ बजे पिसाब फेर्छु अनि ७ बजे दिसा गर्छु
डाक्टर :- अनि समस्या चाहीं के हो त?
बिरामी :- हजूर समस्या चाहीं निन्द्रा बिहान ८ बजे मात्र खुल्छ !!
=======================================
अपरेसन रुमबाट अपरेसन नहुँदै किन भागेको तिमि?” साथिले सोध्यो |
नर्सले भन्दै थि, “किन डराको?? मुटुको साधारण शल्यक्रिया हो, डराउनु पर्दैन |”
“अनि के भो त…?”
“अनि के भो रे…?” बिरामी झर्किंदै भन्यो, ” त्यो कुरा उसले डाक्टरलाइ भन्दै थिई”

Leave a Reply