Shadow

Tag: corona time

अवसर हुन सक्छ लकडाउन

अवसर हुन सक्छ लकडाउन

Health Articles
मनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा। यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन्। यस्ता विचारहरूलाई चैतसिक भनिन्छ। र, चैतसिकहरू ८४ हजार प्रकारका छन् भन्ने बुद्धवाणी छ। चैतासिकहरूका जगमा केही आधारभूत संवेगहरू हुन्छन् जसलाई मनोचिकित्साको भाषामा न्युरोसिस भनेर चिनिन्छ। पूर्वीय दर्शनले अविनासी सुखका लागि नास गर्नुपर्छ भनेको क्लेश अरु केही नभएर यही न्युरोसिस हो। सबैले बुझ्ने गरी भन्दा हृदयले गहिरो गरी पकड्ने भावहरू नै क्लेस अर्थात् न्युरोसिस हुन्। राग पहिलो क्लेश हो। कुनै वस्तु, मान्छे, ठाउँ, धारणा इत्यादिप्रति गहिरो लगाव हुनु नै राग हो। रागको अर्थ हुन्छ वासना वा गन्ध। जसरी टोकरीमा माछा छ भने त्यसको नजिक बस्नेको नासापुटमा मत्स्य–हरक आइरहन्छ, त्यसरी नै मनमा कुनै कुरा गढेको छ भने बारम्बार त्यससँग सन्बन्धित अनेक ...