Subscribe to get Updates
  • Login
  • Medical Videos
  • USMLE Videos
  • Exam stuffs
  • Health Articles
  • Downloads
  • Health tips
No Result
View All Result
MedicoSpace
  • Medical Videos
  • USMLE Videos
  • Exam stuffs
  • Health Articles
  • Downloads
  • Health tips
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Medical Conferences Nepal Medical events

NMA PRESS RELEASE–मितिः २०७७ जेठ १५ गते

by Recent Advance
May 29, 2020
in Nepal Medical events
0
Nma2

Nma2

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

NMA PRESS RELEASE

मितिः २०७७ जेठ १५ मितिः २०७७ जेठ १५ गते गत

RelatedPosts

health & fitness Game for Doctors – Improve Mental Health

Interesting Agenda for Saturday allergic rhinitis- DR. YOGESH NEUPANE – FROM NEPAL

Call for Stories -Invitation to all the frontline workers

प्रेश विज्ञप्ती

कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथी नै शारीरिक हमला गर्ने, सुरक्षाकर्मीहरु मुकदर्शक भएर बस्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई घरधनीहरुले घरमा आउन नदिने, वा घरबाट बाहिर बस्न दबाब सिर्जना गर्ने, होटल व्यावसायीहरुले चिकित्सकहरुलाई बस्न नदिने जस्ता विबिध घटनाक्रमहरुप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यूलाई संघको तर्फबाट निम्न लिखित मागहरु सहित आज ज्ञापन पत्र समेत बुझाईको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछु ।

तपसिलका मागहरु

१. उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्था माथि आक्रमण गरेको खण्डमा आक्रमण गर्ने व्यक्तिलाई थुनामा राखि आवश्यक कारवाही गर्न सकिने मन्त्री परिषद्को निर्णय बिपरित बारम्बार शारिरीक हमला तथा तोडफोडका घटनाहरु सार्वजनिक भईरहेकाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउनु पर्ने । साथै हालै नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथी भएको शारीरिक हमलामा संलग्न दोषीहरुलाई तत्काल हिरासदमा लिई छानबिन गर्नु पर्ने ।

२. नेपाल सरकार मन्त्री परिषद्को मिति २०७६ चैत्र २२ गतेको निर्णयलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा समावेश गरी दीर्घकालिन रुपमा स्वास्थ्यक्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई उच्च पार्नु पर्ने ।

३. महामारीको यस आपतकालिन अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु दिनप्रतिदिन संक्रमित हुने क्रम बढ्दै गईरहेकोमा नीजहरुलाई सुरक्षित आवास तथा एकान्तवासको व्यवस्था सुनिश्चित गर्नु पर्ने ।

४. स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई मन्त्री परिषद्को निर्णय बमोजिमको जोखिम भत्ता अबिलम्ब उपलब्ध गराउनु पर्ने ।

५. अहिले उपचारमा खटिने सबै चिकित्सकको अनिवार्य स्वास्थ्य विमा र निःशुल्क स्वास्थ्य जाँचको प्रवन्ध मिलाउनु पर्ने ।

६. कोभिड १९ को महामारीका अवस्थामा उत्पन्न विषम परिस्थितिमा आवश्यक सुरक्षाका सामग्रीहरुको अभावका बाबजुद पनि चिकित्सक, स्वास्थ्यकर्मीले निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेका छन् । यस्तो अवस्थामा नीजहरुको रोजगारीको सुरक्षा र जीविको पार्जनका निम्ती सरकारले सरोकारवाला पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अभिभावकत्व ग्रहण गर्नु पर्ने ।

७. स्वास्थ्य क्षेत्र बिशुद्ध प्राविधिक र मानवजीवनसँग सम्बन्धित क्षेत्र भएकोले स्वास्थ्यको नेतृत्वदायी भूमिका (स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग लगायतका निकायहरु) मा चिकित्सकको नेतृत्वदायी भूमिका सुनिश्चित गरिनु पर्ने ।

८. बंगलादेश लगायत विभिन्न मुलुकमा अड्किएर बसेका चिकित्सक तथा विद्यार्थीहरुलाई अबिलम्ब स्वदेशमा ल्याउने व्यवस्था मिलाउनु पर्ने ।

९. कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै संक्रमितहरुसँगको सम्र्पकमा रहेका प्रत्येक व्यक्तिलाई अनिवार्य रुपमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम एकान्तवासमा राख्ने, रियल टाइम पिसिआर परीक्षणको दायरा बढाउने, स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको व्यवस्था सहित सम्र्पक नम्बर सार्वजनिक गर्नु पर्ने, तोकिएको स्वास्थ्य संस्थामा भेन्टिलेटर सहितका आइसियू बेडहरु, आवश्यक औषधी, पिपिई लगायतका सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता सुनिश्चित गरिनु पर्ने ।NMA PRESS RELEASE--मितिः २०७७ जेठ १५ गते

 

 

 

 

 

 

NMA PRESS RELEASE--मितिः २०७७ जेठ १५ गतेउल्लेखित मागहरुका साथै समग्र स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गरेर सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गराउने कार्य समेत सरकारको प्राथमिकतामा नपर्ने हो भने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले मात्र राज्यको ईज्जत, प्रतिष्ठा र सुरक्षित स्वास्थ्य सेवाको जिम्मेवारी बहन गर्न नसक्ने व्यहोरा यसै विज्ञप्ती मार्फत अवगत गराइन्छ । असुरक्षित र भयभित अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले मात्रै उत्पन्न महामारीलाई पार लगाउँछन् भन्ने पुरातनवादी शैली र भावनाले मात्र नेपालको स्वास्थ्य क्षेत्रलाई उचित न्याय गर्न सक्दैन भन्ने नेपाल चिकित्सक संघको स्पष्ट मान्यता छ । त्यसैले विद्यमान अवस्थालाई गम्भिर रुपमा मनन गरी अबिलम्ब ठोस र प्रभावकारी निर्णय गरेर कोरोना भाइरस महामारीको संकटसँग जुध्ने उचित वातावरण बनाउन यस संघ नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछ ।

भवदीय,

डा. बद्री रिजाल
महासचिव

Tags: Nepal medical associationNepal nmaNmaमितिः २०७७ जेठ १५ गते गते
Advertisement Banner
Previous Post

Most Important RESPIRATION PHYSIOLOGY Study Notes for Medical Students

Next Post

Health Sector Emergency Response Plan For Covid 19 by MHoP Nepal

Recent Advance

Related Posts

IMG 20200522 184003
Nepal Medical events

health & fitness Game for Doctors – Improve Mental Health

May 22, 2020
Dr. Yogesh neupane
Medical Conferences

Interesting Agenda for Saturday allergic rhinitis- DR. YOGESH NEUPANE – FROM NEPAL

May 22, 2020
Callforstoriesonline
Nepal Medical events

Call for Stories -Invitation to all the frontline workers

May 16, 2020
IMG 20200503 WA0006
Medical Conferences

Webinar – COURAGE IN CRISIS with Colonel Lalit Rai, Vir Chakra former Indian Army

May 3, 2020
webinar
Medical Conferences

Intravenous thrombolysis in ischemic stroke

May 3, 2020
IMG 20200502 073422
Nepal Medical events

Webinar on Male Urethral Stricture

May 2, 2020
Load More
Next Post
Health Sector Emergency Response Plan For Covid 19

Health Sector Emergency Response Plan For Covid 19 by MHoP Nepal

Discussion about this post

Recommended

ecg handwritten notes video

Last day Medical Exam Review Notes

3 years ago

WHO Nepal health Statistics

8 years ago

Don't Miss

The Truth About Alcohol.Dreadful

December 18, 2022
Lower Limb Ulcers

Lower Limb Ulcers

November 1, 2022
A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

October 8, 2022
Unused Dental Surgery Prescriptions May Help Fuel Opioid Epidemic

Unused Dental Surgery Prescriptions May Help Fuel Opioid Epidemic

October 7, 2022

Follow us

No Result
View All Result
  • Disclaimer
  • Guidelines
  • Copyright & Policies
  • DMCA
  • About

Subscribe MedicoSpace.com - Medical & Health Blog © 2009--2021

No Result
View All Result
  • About
  • Contact
  • Copyright & Policies
  • Disclaimer
  • DMCA
  • Home 1
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Privacy Policy

Subscribe MedicoSpace.com - Medical & Health Blog © 2009--2021

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In