चाउरेको गालामा मुस्कान अनि नयाँ प्रबिधिले दिएको खुसी –डा. सन्दिप गोर्खाली

FB IMG 1611164401093

कथा : चाउरेको गालामा मुस्कान अनि नयाँ प्रबिधिले दिएको खुसीको ।
कथा सुरु हुन्छ ७७ बर्ष बुढा बाजे ( जस्को म घरको डाक्टर अर्थात फेमेली डाक्टर ) को प्रश्न बाट डाक्टर बाबू म त चाडै नै मर्छु कि क्या हो ? प्रश्न सारै पेचिलो😒🤔 मेरो उत्तर आउछ सबै मर्छ्न नि को बाचिरहन्छ र बाजे हजुर त ७७ पुगि सक्नु भो हामी त त्यति सम्म त कहाँ पुग्छौ र ? बुढा खिस्स हासी वरि प्रश्न गर्नुहुन्छ एउटा मृगौला बिग्रेर काम गर्दैन भन्नु भाको पनि धेरै भो अब तेसैले लाने भो नि । अर्कोले कति दिन धान्ने हो त्यो पनि बिग्रेको छ कि क्या हो क्या हो। प्रश्नै प्रश्न को थुप्रोमा म ।

FB IMG 1611164284780

FB IMG 1611164280072

दाइने तिरको त बिग्रेको छ भन्नू भो पुरै बिग्रेको कि ?? अलि अलि त काम गर्छ कि खत्त्म भो ? फेरि पनि प्रश्न अनि अर्को पनि त्यो देब्रेले कति काम गर्छ होला त्यो पनि ढुस भो होला दात देखाएर हासे बुढा अनि फेरि सोधे थाहा पाउन सक्छ त डाक्टर बाबुले । त्यो ७७ बर्से बुढाको प्रश्नको उत्तर दिने पालो मेरो 🤔🤔🤔🤔🤔🤔🤔 बिदेशमा त हुन्थ्यो बा सोधपुछ गर्छु।
झ्वाट्ट सम्झना आइहाल्यो SPECT scan जुन मैले सन 2002 -2003 तिर चीनमा पढ्दा देखेको र अनुभव गर्न पाको थिए त्यो प्रबिधी नेपालमा पहिलो चोटि 2020 मा नयाँ मेडिकल कलेज भरतपुर चितवन मा भित्रेको सुनी सकेको थिए । ती ७७ बर्से बुढाको प्रश्न को उत्तर म सङ्ग होइन डा जीवन पौडेल सङ्ग थियो तेसैले फोन लगाइयो बिरामी काम थापेर उत्सुकता साथ सुन्दै छ । Renal function test ( मृगौला ले काम कति गरेको छ। कति % गरेको छ तेस्को पाई पाई जाच्न मिल्ने । दाइनेले कति % काम देब्रेले कति % काम पुरै एक एक हिसाब गरि निकाल्न मिल्ने । दाइने बिग्रेको कि देब्रे मृगौला बिग्रेको भनी पक्का भन न मिल्ने ) यो नेपालको लागि नयाँ जाँच हुने पक्का भो नया मेडिकल कलेज भरतपुर मा ।
फोन को बीचमा नै मैले भने ल बा जाँच हुने भो सब थाहा हुन्छ बुढाले सोधे पैसा कति लाग्ने हो फेरि मैले पनि सेधेर भनी हाले १२५०० हो रे बा ।। छोराले हुन्छ नि कति त खर्च भैसक्यो हेरुम न त भनी भन्नू भो । अनि बिदावरी भैइयो । अब सब थाहा हुन्छ बाजे है भन्दै । २-४ दिन पछी बिरामी जाँच्न् पुग्नु भो डा जीवन को फोन नम्बर दिएर पठाएको थिए बुढा बा को छोराले फोन गर्नु भो । मैले भने गोर्खा बाट आको भन्नुस न । जाँच गरि सके पछी फेरि फोन छोराको आयो उहाँ निकै उत्साही हुनु हुन्थ्यो जीवन डाक्टर साबले राम्रो सङ्ग हेरिदिनु भो ,त्यति टाढा गोर्खा बाट आउनु भाको रहेछ म राम्रो सङ्ग हेरि दिन्छु भन्नू भाको छ बूढो बा खुसी छ । छोरा ले भन्नू भो राम्रो रेस्पोन्स गर्नु भो डा जीवन सरले एक दाम खुसी लाग्यो । रिपोर्ट भोलि आउने कुरा छ भनी फोन काटियो।
यसरी मेरो गाउँ गोर्खाको बिरामी र उनको आफन्त लाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डा जीवन पौडेल र उहाको टिमलाई ।
रिपोर्ट आयो दाइने मृगौला (Rt kidney )पुरै काम नलग्ने जनजिब्रोको भाषामा ड्यामेज भो । अर्को खुशी र सुन्दर कुरा चाहिँ देब्रे ( Lt. Kidney ) काम गरिराको छ। अन्त्यमा धेरै धेरै धन्यवाद डा जीवन अनि उनको टिम अफ नयाँ मेडिकल कलेज ( Chitwan medical collage )यसरी नयाँ प्राविधि भित्र्याएकोमा त्यो पनि मेरो गाउँ गोर्खा नजिकै हामी गोर्खालिले पनि सुबिधा उपभोग गर्न पाउने गरि ।
लास्टा मेरो उत्तर गयो अब चौरासी गर्नी हो बुढा बाजे।😀😄
गोर्खा बासिको नयाँ प्रबिधी को बिकास बारे जनचेतना र सुचना को लागि हो यो मेरो दैनिकी कथा
धन्यवाद सबैलाई पढिदिनु भएकोमा ।
डा. सन्दिप गोर्खाली ।FB IMG 1611164401093

Leave a Reply