• Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips
  • Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips
No Result
View All Result
MedicoSpace
No Result
View All Result
Home Health Articles

अवसर हुन सक्छ लकडाउन

by Recent Advance
March 30, 2020
in Health Articles
0 0
0

Science of Meditationmedicospace 300x184

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अवसर हुन सक्छ लकडाउनमनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा। यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन्। यस्ता विचारहरूलाई चैतसिक भनिन्छ। र, चैतसिकहरू ८४ हजार प्रकारका छन् भन्ने बुद्धवाणी छ। चैतासिकहरूका जगमा केही आधारभूत संवेगहरू हुन्छन् जसलाई मनोचिकित्साको भाषामा न्युरोसिस भनेर चिनिन्छ। पूर्वीय दर्शनले अविनासी सुखका लागि नास गर्नुपर्छ भनेको क्लेश अरु केही नभएर यही न्युरोसिस हो। सबैले बुझ्ने गरी भन्दा हृदयले गहिरो गरी पकड्ने भावहरू नै क्लेस अर्थात् न्युरोसिस हुन्। राग पहिलो क्लेश हो। कुनै वस्तु, मान्छे, ठाउँ, धारणा इत्यादिप्रति गहिरो लगाव हुनु नै राग हो। रागको अर्थ हुन्छ वासना वा गन्ध। जसरी टोकरीमा माछा छ भने त्यसको नजिक बस्नेको नासापुटमा मत्स्य–हरक आइरहन्छ, त्यसरी नै मनमा कुनै कुरा गढेको छ भने बारम्बार त्यससँग सन्बन्धित अनेक पक्ष र प्रतिपक्षका विचार आइरहन्छ। निराधार रुपमा विचार नआउने भएकाले मनोविज्ञानले विचारलाई एक लक्षणका रुपमा लिन्छ। जसरी फूलको लक्षण गन्ध हो, त्यसैगरी विचार रागको लक्षण हो। विचार रुपी गन्ध फालिरहने हुनाले क्लेशलाई वासना भनिएको हो। वस्तुमा परिवर्तन आउँदा त्यसको गन्धमा पनि परिवर्तन आइरहन्छ। जस्तो, जिउँदो घोडाको गन्ध एउटा हुन्छ, मरेको घोडाको गन्ध अर्कै। कुनै पनि जीवको गन्ध ऊसको निश्चित दुरी नजिक गएपछि मात्रै मन्द रुपले अनुभवमा उत्रन्छ/

Related Posts

Testosterone killing foods

4 Effective Exercises for Constipation

Prostatitis

How long does temporary erectile dysfunction last?

हाम्रो शरीर र मन दुवै यो संकटपूर्ण अवस्थामा बोझिल भइरहेका छन्। त्यसैले, यसलाई केही शुद्धीकरण गरी हल्का पार्नु आवश्यक छ। म विरेचनको एक सरल विधि यहाँ भन्दैछु। तपाईं जुनसुकै अवस्थामा यो पढिरहनुभएको छ भने पनि यो प्रक्रियाबाट एकपटक गुज्रनुस् र त्यसको परिणामको अवलोकन गर्नुस्।

आउनुस्, सबैभन्दा पहिले मनको विरेचन गरौं। घडी हेर्नुस्, समय कति भयो। अब एउटा खाली कागज लिनुस् र कलम समात्नुस्। कम्तीमा १० देखि १५ मिनेटसम्म तपाईं निरन्तर लेखिरहनुस्। सोचविचार बिल्कुलै नगरी मनमा जे आयो त्यही लेख्दै जानुस्। यसमा व्याकरण र भाषिक शुद्धताको चिन्ता नगर्नुस्। कसैलाई देखाउन नपर्ने हुनाले मर्यादाको घेरामा अटिरहने जरुरत छैन। स्वच्छन्द भएर लेख्नुस्, केवल लेख्नुस् र लेखिरहनुस्।

एउटा निश्चित विन्दुमा पुगेपछि मन अचानक हलुका भएर आएजस्तो, कुनै भार बिसाएजस्तो महसुस हुनेछ। त्यस कागजलाई कसैको पनि सम्पर्कमा नआइकन राख्न सक्नुहुन्छ भने राखिरहनुहोस्, पछि मनको ढाँचा विश्लेषण गर्ने बेलामा यसको काम आउनेछ। कसैले हेर्न सक्छ भन्ने जस्तो लाग्यो भने यसलाई नस्ट गर्नुहोस्।अवसर हुन सक्छ लकडाउन

यति गरिसकेपछि अब एउटा लामो र विश्रामपूर्ण सास लिनुस्। आँखा चिम्लनुस्। अनुहारको मांसपेशीलाई शिथिल पार्नुस्। अक्सर, विचारहरूको प्रवाहमा अनुहारमा एक खालको कडापन जमेर बसेको हुन्छ। त्यसलाई निकाल्न मांसपेशीहरूलाई होशपूर्ण रुपमा शिथिल पार्नुस्। यसका लागि पूर्णरुपमा ध्यानलाई अनुहारमा केन्द्रित गर्नुस्। अनि बिस्तारै गाला, परेला, नासापुट, ओठ, निधार र कानका लोतीहरूसम्म टिमिक्क हुन पुगेका नसा, छाला र मांसपेशीलाई एक–एक गर्दै खुकुलो पार्नुस्। तपाईं विस्तारा वा पल्टिन मिल्ने भुईंमा हुनुहुन्छ भने विस्तारै शरीरलाई ढाल्नुस् र ढल्दै गरेको अवस्थामा यसलाई नियाल्नुस्। जुन अवस्थामा जसरी यो पल्टिन्छ, त्यसरी नै यसलाई छाडिदिनुस् अनि विस्तारै देब्रे खुट्टाको कान्छीऔंलाको टुप्पामा तपाईंको ध्यान पुर्‍याउनुस्। त्यहाँको मांसपेशीलाई शिथिल पार्नुस्। अब विस्तारै अर्काे औंला, अर्काे औंला गर्दै पूरै गोडा, अर्काे गोडा गर्दै एवं रीतले पूरै शरीरका अंगलाई एक–एक गरी शिथिल र विश्रामपूर्ण बनाउनुस्। अब बिस्तारै दाँतका दुवै लहर, जिब्राको टुप्पादेखि भेदसम्म हुँदै ध्यानलाई श्वासनलीबाट भित्र लगेर आन्द्रा, मुटु, कलेजो, फोक्सो, मृगौलालगायत सबै भित्री अंग, नसा, मांसपेशी, रगत र यसको प्रवाह अनि हड्डीहरूको संरचनासमेतलाई एक–एक गर्दै ध्यानपूर्वक नियाल्नुस्। यसो गर्दा श्वासप्रश्वास मन्द र शान्त रूपले लिनुहोस्। यस प्रक्रियामा कम्तीमा ६० मिनेट लाग्नेछ।

पूरै शरीरलाई शिथिल बनाएपछि एक अभूतपूर्व विश्राम र आनन्दको अनुभव हुनेछ। मन लागुञ्जेल आनन्द र विश्रामको यही अवस्थामा बस्नुहोस्। अब भयो, पुग्यो जस्तो भाव आएपछि होशपूर्वक शान्तसँग उठ्नुहोस्। सम्भव छ भने यसपछि चिसो पानीले नुहाउनुहोस् र नुहाउँदा शरीरका हरेक अंगमा पानीको स्पर्शलाई नियाल्नुहोस्। अब आउने चौबिस घण्टासम्म प्रत्येक क्षण शरीर शिथिल बनाउने प्रयास गरिरहनुहोस्। राति सुत्ने बेलामा पनि यही प्रक्रिया दोहोर्‍याउन सक्नुहुन्छ। अर्काे शृंखलामा म मनोवलोकनका अरु थप विधिहरूबारे लेख्नेछु।

Twitter : @Bodhighanashyam

Tags: corona and mental healthcorona time
Next Post

NEET Previous Years Paper Free Downloads

Please login to join discussion
मनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा। यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन्। यस्ता विचारहरूलाई चैतसिक भनिन्छ। र, चैतसिकहरू ८४ हजार प्रकारका छन् भन्ने बुद्धवाणी छ। चैतासिकहरूका जगमा केही आधारभूत संवेगहरू हुन्छन् जसलाई मनोचिकित्साको भाषामा न्युरोसिस भनेर चिनिन्छ। पूर्वीय दर्शनले अविनासी सुखका लागि नास गर्नुपर्छ भनेको क्लेश अरु केही नभएर यही न्युरोसिस हो। सबैले बुझ्ने गरी भन्दा हृदयले गहिरो गरी पकड्ने भावहरू नै क्लेस अर्थात् न्युरोसिस हुन्। राग पहिलो क्लेश हो। कुनै वस्तु, मान्छे, ठाउँ, धारणा इत्यादिप्रति गहिरो लगाव हुनु नै राग हो। रागको अर्थ हुन्छ वासना वा गन्ध। जसरी टोकरीमा माछा छ भने त्यसको नजिक बस्नेको नासापुटमा मत्स्य–हरक आइरहन्छ, त्यसरी नै मनमा कुनै कुरा गढेको छ भने बारम्बार त्यससँग सन्बन्धित अनेक पक्ष र प्रतिपक्षका विचार आइरहन्छ। निराधार रुपमा विचार नआउने भएकाले मनोविज्ञानले विचारलाई एक लक्षणका रुपमा लिन्छ। जसरी फूलको लक्षण गन्ध हो, त्यसैगरी विचार रागको लक्षण हो। विचार रुपी गन्ध फालिरहने हुनाले क्लेशलाई वासना भनिएको हो। वस्तुमा परिवर्तन आउँदा त्यसको गन्धमा पनि परिवर्तन आइरहन्छ। जस्तो, जिउँदो घोडाको गन्ध एउटा हुन्छ, मरेको घोडाको गन्ध अर्कै। कुनै पनि जीवको गन्ध ऊसको निश्चित दुरी नजिक गएपछि मात्रै मन्द रुपले अनुभवमा उत्रन्छ/

हाम्रो शरीर र मन दुवै यो संकटपूर्ण अवस्थामा बोझिल भइरहेका छन्। त्यसैले, यसलाई केही शुद्धीकरण गरी हल्का पार्नु आवश्यक छ। म विरेचनको एक सरल विधि यहाँ भन्दैछु। तपाईं जुनसुकै अवस्थामा यो पढिरहनुभएको छ भने पनि यो प्रक्रियाबाट एकपटक गुज्रनुस् र त्यसको परिणामको अवलोकन गर्नुस्।

आउनुस्, सबैभन्दा पहिले मनको विरेचन गरौं। घडी हेर्नुस्, समय कति भयो। अब एउटा खाली कागज लिनुस् र कलम समात्नुस्। कम्तीमा १० देखि १५ मिनेटसम्म तपाईं निरन्तर लेखिरहनुस्। सोचविचार बिल्कुलै नगरी मनमा जे आयो त्यही लेख्दै जानुस्। यसमा व्याकरण र भाषिक शुद्धताको चिन्ता नगर्नुस्। कसैलाई देखाउन नपर्ने हुनाले मर्यादाको घेरामा अटिरहने जरुरत छैन। स्वच्छन्द भएर लेख्नुस्, केवल लेख्नुस् र लेखिरहनुस्।

एउटा निश्चित विन्दुमा पुगेपछि मन अचानक हलुका भएर आएजस्तो, कुनै भार बिसाएजस्तो महसुस हुनेछ। त्यस कागजलाई कसैको पनि सम्पर्कमा नआइकन राख्न सक्नुहुन्छ भने राखिरहनुहोस्, पछि मनको ढाँचा विश्लेषण गर्ने बेलामा यसको काम आउनेछ। कसैले हेर्न सक्छ भन्ने जस्तो लाग्यो भने यसलाई नस्ट गर्नुहोस्।

यति गरिसकेपछि अब एउटा लामो र विश्रामपूर्ण सास लिनुस्। आँखा चिम्लनुस्। अनुहारको मांसपेशीलाई शिथिल पार्नुस्। अक्सर, विचारहरूको प्रवाहमा अनुहारमा एक खालको कडापन जमेर बसेको हुन्छ। त्यसलाई निकाल्न मांसपेशीहरूलाई होशपूर्ण रुपमा शिथिल पार्नुस्। यसका लागि पूर्णरुपमा ध्यानलाई अनुहारमा केन्द्रित गर्नुस्। अनि बिस्तारै गाला, परेला, नासापुट, ओठ, निधार र कानका लोतीहरूसम्म टिमिक्क हुन पुगेका नसा, छाला र मांसपेशीलाई एक–एक गर्दै खुकुलो पार्नुस्। तपाईं विस्तारा वा पल्टिन मिल्ने भुईंमा हुनुहुन्छ भने विस्तारै शरीरलाई ढाल्नुस् र ढल्दै गरेको अवस्थामा यसलाई नियाल्नुस्। जुन अवस्थामा जसरी यो पल्टिन्छ, त्यसरी नै यसलाई छाडिदिनुस् अनि विस्तारै देब्रे खुट्टाको कान्छीऔंलाको टुप्पामा तपाईंको ध्यान पुर्‍याउनुस्। त्यहाँको मांसपेशीलाई शिथिल पार्नुस्। अब विस्तारै अर्काे औंला, अर्काे औंला गर्दै पूरै गोडा, अर्काे गोडा गर्दै एवं रीतले पूरै शरीरका अंगलाई एक–एक गरी शिथिल र विश्रामपूर्ण बनाउनुस्। अब बिस्तारै दाँतका दुवै लहर, जिब्राको टुप्पादेखि भेदसम्म हुँदै ध्यानलाई श्वासनलीबाट भित्र लगेर आन्द्रा, मुटु, कलेजो, फोक्सो, मृगौलालगायत सबै भित्री अंग, नसा, मांसपेशी, रगत र यसको प्रवाह अनि हड्डीहरूको संरचनासमेतलाई एक–एक गर्दै ध्यानपूर्वक नियाल्नुस्। यसो गर्दा श्वासप्रश्वास मन्द र शान्त रूपले लिनुहोस्। यस प्रक्रियामा कम्तीमा ६० मिनेट लाग्नेछ।

पूरै शरीरलाई शिथिल बनाएपछि एक अभूतपूर्व विश्राम र आनन्दको अनुभव हुनेछ। मन लागुञ्जेल आनन्द र विश्रामको यही अवस्थामा बस्नुहोस्। अब भयो, पुग्यो जस्तो भाव आएपछि होशपूर्वक शान्तसँग उठ्नुहोस्। सम्भव छ भने यसपछि चिसो पानीले नुहाउनुहोस् र नुहाउँदा शरीरका हरेक अंगमा पानीको स्पर्शलाई नियाल्नुहोस्। अब आउने चौबिस घण्टासम्म प्रत्येक क्षण शरीर शिथिल बनाउने प्रयास गरिरहनुहोस्। राति सुत्ने बेलामा पनि यही प्रक्रिया दोहोर्‍याउन सक्नुहुन्छ। अर्काे शृंखलामा म मनोवलोकनका अरु थप विधिहरूबारे लेख्नेछु।

Twitter : @Bodhighanashyam

No Result
View All Result
  • Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In