-
Administrator
महिला स्वास्थ्यः प्रकृति दोषी !
महिलाको शरीर स्वस्थ भएन भने प्रकृतिलाई दोष दिने चलन छ । महिला बिरामी हुँदा प्रकृतिले नै उनीहरुलाई कमजोर रूपमा सिर्जना गरेकाले यसो भएको हो भन्ने मान्यता समाजमा व्याप्त छ । नीतिनिर्माता हुन् वा समाज तथा राज्यका उत्तरदायी व्यtmि, जो-कोहीले महिलालाई शारीरिक तथा प्राकृतिकरूपले कमजोर वर्ग भन्नेगरेको पाइन्छ ।
समय-समयमा महिलाको स्वास्थ्य समस्याका विषयमा कुरा उठ्ने गर्छन् तर पनि सुनिने शब्द हुन, यस्तै हुन्छन्- प्रजननका बेलाका स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर एवं मासिक श्रावका कुरा । विवाहित भएपछि उत्पन्न हुनसक्ने शारीरिक समस्या । नीतिनिर्माता, समाज होस् वा व्यक्ति, सबैले कुरा उठाउनुपर्दा अध्ययन तथा अनुसन्धान गरेर समस्याको जड के हो पत्ता लगाई त्यसको अन्त्य गर्नुपर्दछ भन्ने तर्क गर्छन्, योजना भने आउँदैनन्, सोचिँदैन । महिला होस् वा पुरुषका स्वास्थ्य समस्याका यस्ता विषय खोजिँदैनन्, जुन खोजिनुपर्ने विषय हुन् ।
प्राकृतिक तथा शारीरिकरूपले नै महिला कमजोर र उनीहरूमा स्वास्थ्यका जटिलता देखापरेको भने होइन । एउटा स्वस्थ व्यक्तिको कल्पना गर्दा, आशा राख्दा बच्चा गर्भमा हुँदा आमाको स्वास्थ्यस्थितिदेखि बच्चालाई पुर्*याइएका हेरचाह नै मुख्य आधार हुन्छ । बच्चाका वंशानुगत गुणदेखि उसको विकासका क्रममा आमाको रगतसँगै अन्य गुणदेखि स्वास्थ्यका कुरा पनि आउँछन् । जसका लागि आमाको गर्भदेखि वृद्धावस्थासम्म ख्याल गरिनुपर्छ । ती पक्ष सधैँ ओझेलमा रहँदै आएका छन् । एउटा व्यक्तिको स्वास्थ्यस्थितिको आँकलन गर्नुपर्दा समाजको अवधारणा, संस्कृति, परम्परादेखि त्यस क्षेत्रको हावापानी, खानपान, रेखदेखलगायत प्रभावकारी पक्ष यसका आधार हुन्, जुन केलाइएको, अध्ययन गरिएको वा ध्यान दिइएको पाइँदैन ।
सामान्यतया महिला स्वास्थ्यका कुरा उठाउँदा विवाहित, सुत्केरी वा गर्भवती अवस्थासँग मात्र दाँजिन्छ/नापिन्छ । महिला स्वास्थ्य उपचार तथा हेरचाहको आधार त्यतिमात्रै होइन । ती त एउटा परिस्थिति तथा अवस्थामात्र हुन् । महिला स्वास्थ्य समस्यालाई आमाको गर्भदेखि वृद्धावस्थासम्मलाई केलाएर उत्पन्न हुनसक्ने समस्यासँग जोडेर हेर्नुपर्ने हुन्छ । त्यसबाट मात्र एउटी महिलाको स्वास्थ, तन्दुरुस्ती र दीर्घायुको कल्पना गर्नसकिन्छ । यी र यस्ता पक्षको आँकलन, उपचार तथा हेरचाहको व्यवस्था हुन नसक्दा शिशुमृत्यु, बालमृत्यु, कुपोषण, प्रजनन समस्या, महिनावारी हुँदा उत्पन्न हुने रोग, पाठेघर तथा स्तन क्यान्सर जस्ता महिलाका लागि कठिन अवस्था सिर्जना हुन्छन् । त्यसले वृद्धावस्थामा समेत आघात पुर्*याइरहेको हुन्छ ।
सामान्यतया एउटी महिलाको स्वास्थ्य समस्या, जटिलताका प्रसङ्ग उठाउनुपर्दा छ सात चरणलाई हेरिनुपर्छ । बच्चा आमाको गर्भमा आउँदा, जन्मदेखि एक वर्षको उमेर, एक वर्षदेखि पाँच वर्षसम्मको उमेर छ देखि १२ वर्षसम्मको, १३ देखि १८ वर्षसम्म, १९ देखि ४५ वर्ष तथा ४५ वर्षभन्दा माथिको उमेर समूहसँग चरणबद्ध रूपमा दाँजेर हेरिनुपर्दछ । त्यसमा आमाको गर्भमा आएदेखि बच्चालाई स्वस्थ राख्न पुर्*याउनुपर्ने आमाको हेरचाह तथा स्वास्थ्य अवस्थादेखि विभिन्न खोपका विषय पर्दछन् । तिनलाई विश्वव्यापी मान्यता अनुरूपका हेरचाहका मापदण्ड अपनाउन सक्नुपर्दछ, आवश्यक पर्दछ । बच्चालाई स्तनपानदेखि खानपान एवं चरणबद्ध अवस्थामा पुर्*याउनुपर्ने खानपानको अवस्था, शारीरिक विकासक्रम, त्यसको हेरचाह, शारीरिक विकासका क्रममा उत्पन्न हुनसक्ने कुतुहलदेखि त्यस अवस्थामा अपनाउनुपर्ने सतर्कता बारेमा जानकारी, शिक्षा, खानपान उपचार जस्ता पक्ष दुरुस्त हुनुपर्दछ ।
एउटी महिलाको बाल्यास्थादेखि किशोरावस्था, तरुणावस्था तथा वैवाहिक जीवनपछि स्वस्थ जीवनका लागि अपनाउनुपर्ने सतर्कता हाम्रा स्वस्थ जीवनका अधार हुन् । हामीकहाँ यस्ता चरणबद्ध उमेर अवस्था अनुरूप फरक-फरक सेवा तथा अवस्थासुलभ उपचारका काम तथा सोच स्वयं व्यक्ति तथा राज्यसँग नहुँदा कुनै पनि महिलाले कुनै न कुनै उमेर समूह तथा चरणमा कुनै न कुनै किसिमका स्वास्थ्यका जटिलता उत्पन्न भएका तथ्य छन्, भोग्नुपरिरहेको छ । यहीँनेर हामी चुकेका छौँ, हाम्रो कमजोरी पनि देखिएको छ ।
महिला स्वास्थ्यका प्रसङ्ग भनेको जन्मेदेखि बुढेसकालसम्मलाई जनाउँछ । हाम्रो देशमा विद्यमान विभिन्न रुढीवादी परपम्परागत विचारधारा, सामाजिक धारणा, अन्धविश्वास, अशिक्षा जानकारीको कमी, गरिबी, धार्मिक परम्परा जस्ता कारणबाट महिला स्वास्थ्यमात्र नभई अन्य जटिलतामा समेत पर्दै आएका छन् । महिला उत्थानका लागि भरपर्दो एवं प्रभावकारी कार्यक्रम र कार्यान्वयनको अभावका कारणले यस्ता जटिलता देखिएका हुन् । यस्ता समस्या निवारणका लागि राज्यले आˆना धारणा, कार्यक्रम तथा नीतिमा अनुकूल वातावरण बनाउनुपर्दछ ।
-
Posting Permissions
- You may not post new threads
- You may not post replies
- You may not post attachments
- You may not edit your posts
Forum Rules